राष्ट्रपति भण्डारीले विदेशी राष्ट्र प्रमुखलाई पत्राचार गर्नु असंवैधानिक : रावल

डिसी नेपाल
१७ जेठ २०७८ १५:५१

काठमाडौं। एमालेबाट निस्कासित नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोपका लागि विभिन्न देशका राष्ट्र प्रमुखलाई पत्राचार गरेकोमा आलोचना गरेका छन्। उनले राष्ट्रपति भण्डारीले पत्राचार गर्नु असंवैधानिक भएकोसमेत बताएका छन्।

राष्ट्रपति भण्डारीले हालै भारतीय राष्ट्रपति रामनाथ कोविद, अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायती महारानी एलिजावेथलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्। यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङसाग राष्ट्रपति भण्डारीले फोन वार्ता गरेर सहयोग मागेकी थिइन्। चीनले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेको थियो। सो खोप मंगलबार नेपाल आउने सम्भावना छ।

यसरी आलांकारिक राष्ट्रपति सक्रिय भएपछि नेता रावलले आपत्ति जनाएका हुन्। रावलले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *