लुम्बिनीबाट राष्ट्रिय सभामा काँग्रेसका पाण्डेय विजयी

डिसी नेपाल
१७ जेठ २०७८ १६:२८

काठमाडौं। लुम्बिनी प्रदेशमा सोमबार भएको भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले एमालेका उम्मेदवार चन्द्रबहादृुर खड्कालाई पराजित गरेका हुन्।

निर्वाचित पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।

२११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए।

प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए। खड्काकै कारण सो पद रिक्त भएका हो। यसअघि माओवादीबाट निर्वाचित उनी एमालेमा गएपछि पार्टीले कारबाही गरेको थियो। पार्टीको कारबाहीपछि उनी पदमुक्त भएका थिए। त्यसपछि एमालेले खड्कालाई नै उम्मेदवार बनायो।

उता काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेय पनि लुम्बिनी प्रदेशसभामा एमालेबाट निर्वाचित हुन्। तर, उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *