भीम रावल भन्छन्ः जसपाको महन्थ समूहलाई २० मन्त्रालय दिए हुन्छ

डिसी नेपाल
१७ जेठ २०७८ २१:३४

काठमाडौं। जनता समाजवादी पार्टीको एक समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने लगभग पक्का भएको छ। जसपाको महन्थ ठाकुर समूहसँग मन्त्रालयको संख्याका विषयमा पनि सहमति जुटेको छ।

सोमबार यस्तो सहमति जुटेको समाचारहरु बाहिरिएपछि एमालेबाट निस्कासनमा परेका साविक एमालेका उपाध्यक्ष भीम रावलले आक्रोशपूर्ण ट्वीट गरेका छन्। उनले जसपाको महन्थ ठाकुर समूहलाई २० वटा मन्त्रालय दिएर ओलीले आफूसँग ५ वटा मन्त्रालय राखे पनि हुने बताएका छन्।

उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रमं केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसँग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला ! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ती’ पनि मक्ख पर्ने!’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *