राेकिएला एमाले विभाजन ? दुवैतर्फका युवा नेता सक्रिय

डिसी नेपाल
१८ जेठ २०७८ १३:३७

काठमाडौं। पार्टीलाई जेठ २, २०७५ फर्काएर सहमति खोज्न भन्दै एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएका छन्।

मंगलबार स्थायी कमिटी बैठक बस्ने र बैठकले स्पष्टीकरण सोधेका १२ जना नेतालाई कारवाही गर्ने संभावना रहेका बेला सोमबार राति प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पार्टीबाट निष्काशित नेता माधव नेपाल समूहका दोस्रो तहका नेताबीच लामै छलफल भयो।

छलफल लामै भएपनि विशेष गरी पार्टीलाई २०७५ साल जेठ २ गतेकै आसपासमा फर्काएर सहमति खोज्नेमा केन्द्रित रहेको छलफलमा सहाभागी एक नेताले जानकारी दिए।

सकेसम्म पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ भन्नेमा सबैको एकमत रह्यो, ती नेताले भने, धेरै विषयमा छलफल भएपनि मुलभूत रुपमा २०७५ जेठ दुई कै अवस्थामा फर्काएर सहमति खोज्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रत रहेको थियो

छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको पक्षबाट वार्ता गरेका छन्। नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए।

नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनु पर्ने अडान लिएपनि ओली समूहले भने त्यो स्वीकार्य नहुने अडानमा छन्। उनीहरुल माओवादीबाट आएका नेतालाई कारवाही गरेर पार्टीबाट विद्रोह गरेका नेतालाई ल्याएर माओवादीबाट आएकालाई कारवाही गर्न नसकिने ओली पक्षले बताउँदै आएको छ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित नेताहरू मुकुन्द न्यौपाने, भीम रावललगायत १३ सांसदलाई पार्टीबाट निश्कासन गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *