एमाले स्थायी कमिटी बैठक: पार्टी एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय

डिसी नेपाल
१८ जेठ २०७८ १४:२३

काठमाडौं। निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिला गरी बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकतका लागि प्रयास गर्ने निर्णय गरेको छ। प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय भएका जानकारी दिए।

उनले पार्टीको आन्तरिक एकतालाई सृदृढ पार्न भइरहेका पहलका विषयमा पनि छलफल भएको बताए। त्यसका लागि एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए । वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए ।

बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी भएको दबावका विषयमा समीक्षा भएको ज्ञवालीले जानकारी दिए। ‘आफूले भनेकै न्यायाधीश चाहिन्छ र आफूले भनेकै फैसला चाहिन्छ भन्ने ढंगले सृजना गरिएका दबावहरु स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल खाँदैन यस्ता कुराहरु उचित होइन भन्ने निष्कर्ष निकालेका छौं,’  ज्ञवालीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *