इजरायलको प्रसिद्ध अस्पतालले स्वास्थ्य सामग्री पठाउदैँ

डिसी नेपाल
१९ जेठ २०७८ १८:०९

काठमाडौं । इजरायलको प्रसिद्ध अर्थात् विश्वको दशौं उत्कृष्ट अस्पताल शेबा मेडिकल सेन्टरलगायतका अन्य संघ संस्थाले नेपाललाई स्वास्थ्य सामाग्री पठाउने भएको छ ।

इजरायलस्थित नेपाली दूतावासकी राजदूत डा.अन्जान शाक्यका अनुसार पछिल्लो सयम नेपाल कोरोना महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको र त्यससँग जुध्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सहायता आह्वान गरेको अवस्थालाई मध्यनजर गर्दै दूतावासले इजरायल सरकारका साथै त्यहाँका स्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतसँग सहयोगको लागि अनुरोध गरेको थियो ।

नेपाललाई सहयोगस्वरुप कोरोना रोकथामका लागि अति आवश्यक स्वास्थ्य सामाग्री पठाउने अस्पताल र कम्पनीहरुमा प्रसिद्ध अस्पताल Sheba Medical Center, इजरायलको Primary Rescue and Recovery Volunteer Organization(ZAKA), जेरुसेलमस्थित कम्पनी— United Hatzalah, Kfar Menachem स्थित कम्पनी—Fandango Collection and Recycling Ltd, यहुदास्थित कम्पनी— Cardiovalve, Kfar Aviv स्थित कम्पनी— Sterisent, Petah Tikva मा अवस्थित कम्पनी—My Heritage र Petah Tikva मै अवस्थित कम्पनी— Artek Israel रहेका छन् ।

नेपाललाई सहयोग गर्ने प्रतिवद्धता गरेका यि विभिन्न कम्पनी तथा अस्पतालमा नेपाली दूतावासको टोलीले मंगलबार भ्रमण गरी सबैलाई धन्यवाद पत्र समेत हस्तान्तरण गरेको थियो ।

दूतावासले भनेको छ, ‘नेपाल र ईजरायल बीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जुन १ बाट द्विदेशीय सम्बन्ध ६० वर्ष पूरा भई ६१औं वर्षमा प्रवेश गरेकोले यस विशेष दिनको अवसरमा सो दिन अत्यन्त व्यस्त रही उपरोक्तानुसार सहायता सामग्री संकलनको थालनी गरिएको छ ।’

सोही अवसरमा मानवीय सहायताको लागि विशेषतः नेपालीहरुलाई निरन्तर सहयोग गरिरहने इजरायलीद्वय नादभ बेन यहुदा र निरीत अफिरप्रति नेपाली दूतावासले कृतज्ञतासमेत व्यक्त गरेको छ ।

त्यसैगरी, नेपाली दूतावासका अनुसार ईजरायल सरकारबाट प्राप्त सहायता सामग्रीसहित त्यहाँ रहेका नेपालीहरुबाट संकलित रकममार्फत् खरिद हुने उपकरण/स्वास्थ्य सामाग्री चाँडै नेपाल पठाउने प्रयास भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *