‘रेस ३’ भन्दा फ्लप भयो आमिरको ‘ठग्स अफ हिन्दोस्तान’
काठमाण्डौ । आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को बक्सअफिसमा अहिले दयनिय अवस्था छ । पहिलो दिन ५० करोडभन्दा बढी कमाई गरेको यो फिल्मको कलेक्सन लगातार घटिरहेको छ । आमिर खानको फिल्मभन्दा पहिला सलमान खानको फिल्म ‘रेस ३’ को पनि यही हालत थियो ।
तर, आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ सलमान खानको ‘रेस ३’ भन्दा पनि नराम्रोसँग बक्सअफिसमा चिप्लिएको छ । ‘रेस ३’ ईदको मौकामा रिलिज भएको थियो, ईद शनिवारको परेका कारण यो फिल्मको एक्सटेन्डेड विकेन्ड खासै राम्रो भएन । यस्तै, ‘ठग्स अफ हिन्दोस्तान’ बिहीवार रिलिज भएको थियो ।
फिल्मलाई दीपावलीको फाइदा त मिल्यो, स्याटरडे-सन्डेको विकेन्ड पनि मिल्यो । ‘रेस ३’ को टिकटको मुल्य ‘ठग्स अफ हिन्दोस्तान’ को भन्दा निकै कम थियो । सलमानको फिल्मको टिकट जहाँ २००-२५० थियो त्यही, आमिर खानको फिल्मको टिकटको दाम ३००-३७५ को करीब थियो । स्क्रिन काउन्ट पनि ‘रेस ३’ को भन्दा ‘ठग्स’ को धेरै थियो ।
‘ठग्स अफ हिन्दोस्तान’ ५ हजार स्क्रिनमा रिलिज भएको थियो भने ‘रेस ३’ ले ४ हजार ५ सय स्क्रिन पाएको थियो । ‘रेस ३’ सँग कमाई गर्नका लागि मात्र २ हप्ता थियो किनकि तेस्रो हप्ता राजकुमार हिरानीको फिल्म ‘सञ्जू’ रिलिज भएको थियो । ‘ठग्स अफ हिन्दोस्तान’ सँग भने ३ हप्ता छ, अक्षय कुमार र रजनीकान्तको फिल्म ‘2.0’ २९ नोभेम्बरमा रिलिज हुँदैछ । योभन्दा अगाडिसम्म ‘ठग्स अफ हिन्दोस्तान’ सँग कमाई गर्ने मौका छ ।
‘रेस ३’ ले ७ दिनमा १४५ करोडको कमाई गरेको थियो, त्यही ‘ठग्स अफ हिन्दोस्तान’ ले एक हप्तामा करीब १३७ करोड कमाएको छ । दुई फिल्मको बजेटमा पनि ठूलो अन्तर छ । ‘रेस ३’ २ सय १० करोडमा बनेको थियो भने ‘ठग्स अफ हिन्दोस्तान’ ३ सय करोडमा बनेको फिल्म हो । १८० करोड कमाएको ‘रेस ३’ लाई जम्मा ३० करोड घाटा भएको थियो ।
‘ठग्स अफ हिन्दोस्तान’ को कमाई २ सय करोड पनि पुग्न मुश्किल देखिएको छ । फिल्मको घाटा लगभग सय करोडभन्दा बढी हुने अनुमान गरिएको छ । ईदमा रिलिज भएको ‘रेस ३’ र दीपावलीमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ ले यो साबित गरेको छ कि यदी फिल्मको कन्टेन्ट कमजोर भए चाहे त्यो पर्व होस् वा फेरि सुपरस्टार खानको फिल्म, त्यसलाई डुब्नबाट कसैले बचाउन सक्दैन ।
Facebook Comment