कोरोना महामारीसँग जुध्न आन्तरिक पहल र बाह्य सहयोगको खाँचो रहेको पूर्व राजदम्पतीको भनाइ

डिसी नेपाल
२० जेठ २०७८ १५:४४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पत्नी कोमल राज्यलक्ष्मी देवी शाहलाई साथमा राखेर जारी गरेको भिडियो सन्देशमा कोरोना महामारीसँग जुध्न आन्तरिक पहलका साथै बाह्य सहयोग नि जरुरी रहेको बताएका छन्। पूर्व राजदम्पतिले भिडियो वक्तव्य जारी गर्दै आफूहरु कोभिड–१९ बाट संक्रमित भएका भेला शुभेन्छा र स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभार समेत व्यक्त गरेका छन् । कोरोना भाइरसलाई पराजित गर्न सफल भएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलले सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरेका हुन्।

बिहीबार बिहान जारी गरिएको सन्देशमा पूर्वराजाले देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका छन् । आफूहरु दुवै जना पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा रहेको बताउँदै पूर्वराजाले देश भित्र र बाहिर महामारीको अवस्थाले आफूहरुलाई चिन्तित बनाएको बताएका छन् ।

‘यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ’ पूर्वराजा शाहले भनेका छन् । महामारी जारी रहेकोले यसलाई नियन्त्रणका लागि आन्तरिक संकल्प र बाह्य सहयोगको आवश्यकता परेकोतर्फ उनले जोड दिए ।

स्मरणीय छ, पूर्व राजा ज्ञानेन्द्र शाह आफु कोरोना संक्रमित हुनु अघि भारतमा चलेको कुम्भ मेलामा सहभागि भएका थिए। कु्भ्ममेलामा सहभागि धेरैजनालाई कोरोना संक्रमण भएपछी  मेलामा पूर्व राजाको सहभागितालाई चौतर्फी आलोचना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *