माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं । माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश १ सभाको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको डिसी नेपाललाई बताए ।
प्रदेश सरकारले संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले समर्थन फिर्ता लिएको उनले बताए ।
प्रतिक्रिया
Facebook Comment