एमाले विवादमा महत्वपूर्ण टर्निङ प्वाइन्ट, जेठ ३ पूर्वकै अवस्थामा पार्टी चलाउने ओलीको प्रस्ताव

डिसी नेपाल
२३ जेठ २०७८ २१:३०

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अगाडि सार्दै नेकपा एमाले एकताका लागि आव्हान गरेका छन्। आइतबार साँझ एक वक्तवय जारी गर्दै अध्यक्ष ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताग अघि सारेका छन्।

अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल समूहको मागअनुसार नै पार्टी चलाउने प्रस्ताव गरेका छन्। उनले प्रस्तावको पहिलो बुँदामै पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने प्रस्ताव गरेका छन्। माधव समूहको सबैभन्दा महत्वपूर्ण यही माग थियो।

यस्तै अध्यक्ष ओलीले विवादका क्रममा भएका आरोपप्रत्यारोपलाई लिएर कुने कारबाही नगरिने प्रस्ताव गरेका छन्। यस्तै पार्टीको जिल्ला संगठनहरु पनि २०७५ जेठ ३  कै अनुसार अगाडि बढाउने र त्यसलाई मिलाउनका लागि कार्यदल बनाउने प्रस्ताव गरेका छन्। यस्तै पार्टी निकट जनवर्गी संगठनलाई पनि २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रस्ताव गरेका छन्। र कााग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस भनेर सर्वोच्च अदालतमा दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन्।

माधव समूहले आइतबारमात्र ओलीसँग एकताका लागि पहल गर्ने बताएको थियो। तर, सो समूहले ओलीको तिब्र आलोचनासमेत गरेको थियो। उता ओलीले आइतबार साँझ जारी गरेको वक्तव्यमा भने कसैमाथि कुनै पनि आरोप लगाइएको छैन। नरम भाषाको प्रयोग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *