ओलीको प्रस्ताव सकारात्मक भए पनि एकताको इमान्दार प्रयास मान्न सकिन्नः बामदेव गौतम

डिसी नेपाल
२५ जेठ २०७८ १९:४४

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन अनुरोध गरेका छन् ।

गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका छ ।

उनले एमालेलाई २०७५ जेठ २ बाट अगाडि बढाउन तयार हुनु सकारात्मक भए पनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *