इजलास छाड्न सुझाव दिने वकिललाई न्यायाधीशले बोल्दै नबोली जवाफ दिए

डिसी नेपाल
२६ जेठ २०७८ १२:४६

काठमाडौं। संवैधानिक इजलासमा आइतबारको सुनुवाइको क्रममा सरकार पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका दुई न्यायाधीशले इजलास नछाड्ने भएका छन् । सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाएका थिए । प्रश्न उठेपछि आइतबारको इजलास हेर्दाहेर्दैमा स्थगित भएको थियो ।

आजको इजलासमा न्यायाधीशद्वयले कुनै जवाफ दिएनन् । उनीहरुले प्रधानन्यायाधीशलाई आफूहरुले इजलास नछाड्ने जानकारी गराएपछि प्रधानन्यायाधीशले सुनुवाइ सुचारु गर्न आदेश दिएका छन् । आइतबार सरकार पक्षका कानुन व्यवसायीले यी दुई न्यायाधीशलाई इजलास छाड्न सुझाव दिएपछि विवाद भएको थियो । न्यायाधीशहरुले बेञ्च गठनको विषयमा अब उप्रान्त कसैको केही कुरा नसुन्ने र जे भन्नु पर्छ फैसलामा भन्ने निष्कर्षमा पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *