हामीमा अझै केन्द्रीय धङधङी छ, मैले धेरै दुःख भोगेको छुः मुख्यमन्त्री गुरुङ
काठमाडौं। गण्डकीका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङले देश संघीयतामा गए पनि आफूहरुमा केन्द्रीयताको धङधङदी रहेको बताएका छन्। विहीबार गण्डकी प्रदेशसभा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले देश संघीयतामा गए पनि संघीय अवधाराणा अनुसार व्यवहार हुन नसकेको बताए।
उनले आफूले मुख्यमन्त्री परिषदको बैठकमा धेरै पटक समस्या भोगेकोसमेत बताएका छन्। उनले दलहरुले संघीयताको संस्थागत विकासबारे कुरा नगरेको भन्दै असन्तुष्टिसमेत पोखे।
उनले संघमा भएको राजनीतिक उथलपथलको बाछिटा प्रदेशमा परेको बताए। उनले आफूले जवाफ दिँदा पनि मुख्यमन्त्रीको जस्तो नभई प्रधानमन्त्रीको जस्तो दिनुपरेको बताएका छन्।
उनले वीपी र सुवर्ण, गिरिजा र किसुनजी, गणेशमान र अहिले माधव, प्रचण्ड र ओलीबीचको विवाद एउटै भएकोसमेत बताए। उनले देशमा आशा लाग्दा ४ वटा दल भए पनि आन्तरिक गुटको शिकार भएको बताए। उनले आफूहरु पार्टीको अनुशासनभन्दा गुटको अनुशासनमा बाँधिएको बताए।
Facebook Comment