बूढानीलकण्ठमा आज पुनः खोप लगाइने
काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले बिहीबार स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ । सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो।
जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ।
प्रतिक्रिया
Facebook Comment