ब्यंग्य : ओलीको तमासा र आमैको जाँडजस्तो मोही

डिसी नेपाल
२९ जेठ २०७८ ९:००

” बा ! चैतको गर्मी तिर्खा`र आयौ होला। एकराते चकना परेको दही छ चिनी हालेर खान्छौं ? ”

उखर्माउलो चैते गर्मीमा मुसुरो उखेलेर बाझो भएको अवादीमा हामी गोठालो गएका हुन्थ्यौं। अनि तिर्खाले हप्याक हप्याक भएपछि वर गाउँमा पानी खान आउथ्याैं र किलकिलेसम्म पानी पिएर फर्किन्थ्यौं। प्रायः फर्किने बेलामा आमै दुईतले घरको शितल छिंडीमा बसेर सोध्ने गर्थिन्।

” बा! चैतको गर्मी तिर्खा`र आयौ होला । एकराते चकना परेको दही छ , चिनी हालेर खान्छौं?”

मेरी आमा! मोही भए नि सर्बश्व हुने डडेलोमा एकराते चकना परेको दही चिनी हालेर कस्ले खादैन होला र!

आमैलाई चिनेकाहरु “भैगो आमै” भनेर बाटो लागिहाले। भेउ नपाएको म “हुन्छ आमै” भनेर माथि उक्लिएँ।

” बस बा बस! राडीमै बस्छौ कि ? चैतको गर्मी राडी तातेर बल्न आट्या छ। गुन्द्रीमा बस बा गुन्द्रीमा। गुन्द्रीले बिझाउला भै`गो बरु भुइँ तातेको छैन तलै बस। म दही लिएर आउँछु। चिनी कति चम्चा खान्छौं बा? ”

आमैले भुइँमा आसन ग्रहण गर्न भनिन्। यसलाई अपमान भन्ने कि स्नेह? मैले निर्णय नलिदै आमैले ” चिनी कति चम्चा? ” भनेर चिनीको चारो हाली सकेकी थिइन्। अप्राप्य चारो बडो प्रिय हुन्छ मान्छेको जातलाई। चारोको मोहमा उसले थाङ्नामा सुताएको भेउ पाउँदैन। अहिले भर्खरै आमैले चिनीको चारो हालेर मलाई भुइँमा बिराजमान गराइन्।

आमैले भुइँमा आसन ग्रहण गर्न भनिन्। यसलाई अपमान भन्ने कि स्नेह ? मैले निर्णय नलिदै आमैले ” चिनी कति चम्चा ? ” भनेर चिनीको चारो हाली सकेकी थिइन्। अप्राप्य चारो बडो प्रिय हुन्छ मान्छेको जातलाई। चारोको मोहमा उसले थाङ्नामा सुताएको भेउ पाउदैन । अहिले भर्खरै आमैले चिनीको चारो हालेर मलाई भुइँमा बिराजमान गराइन्। 

अहिले सम्झेर ल्याउदा बुढी आमैको स्वभाव ठ्याक्कै हाम्रा राजनीतिज्ञको जस्तो रहेछ। बोलीमा मिठास अनि सपनाहरूको बिस्कुन लगाइदिने अदभूत क्षमतायुक्त। अझ त्यसमाथि आफू राडीको आसनमा बसेर अरुलाई सहजै भुइँमा राख्न सक्ने विलक्षण कला! अनि झुठो बोल्नलाई प्राप्त भएको ईश्वरीय बरदान!

आमै मिलिक्क भित्र छिरेकी थिइन् केही सम्झेँ जस्तो गरेर फर्किएर आइन्।

” बा! बुढीमान्छे निहुरिन सक्दिन। ढाड फत्रक्कै हुन्छ। आज जेठोचाहिँ बजार हिड्यो सिनेमा हेर्न। कान्छोलाई क्यारेमका गुटी हान्दै ठिक छ। बिहानदेखि भकारा गोठमै छ बा ! मिलिक्क फ्याक्देर आउन । म एसो केरा पनि छ कि हेर्छु। अनि दही र केरा खाएर जाउँला।”

आमैको नियत छताछुल्ल भैसकेको थियो। तर दही माथि बोनसको रुपमा केरा प्राप्त भएपछि मैले नियततर्फ ध्यान दिइनँ। बरु छिटो गरी दहीकेरा खान गोठतर्फ हानिए। एक दर्जन गाईबस्तुका भकारा फ्याकेर दश चोटी धुँदा पनि गोबर गनाएका हात लिएर फेरि माथि उक्लिएँ।

उसै गरी राडी र गुन्द्री छोडेर भुइँमा बसें। तर आमैको चालचुल छैन । केरा र दही आयो होला भनेको त्यो पनि छैन । एकछिनपछि पो आमै रित्तोहात ढोकामा हाजिर हुन्छिन र ठसमस हुँदै राडीमा बस्छिन्।

” बा! अघिल्लो छिमल आएका गोठालाले दही थपी थपीकन खा`र गाथे । मान्छे बूढो भएपछि शुद्दिले काम गर्न छोड्छ भन्थे हो रैछ। मैले आफ्नै ठेकी रित्तिएको पनि मेसो पाइनछु बा। दिने बानी छ हेर। हातै काटेर दिएको पनि पत्त्तो पाउदिनँ। गोठालाले दुई दर्जन केरा र दही सकेर गएछ्न । आजलाई त्यस्तै भैगयो ,हिजोको दही छ । अलि धेरै चिनी हालेर खान्छौं बा ?”

आमैको नियत छताछुल्ल भैसकेको थियो। तर दही माथि बोनसको रुपमा केरा प्राप्त भएपछि मैले नियततर्फ ध्यान दिइनँ। बरु छिटो गरी दहीकेरा खान गोठतर्फ हानिए। एक दर्जन गाईबस्तुका भकारा फ्याकेर दश चोटि धुँदा पनि गोबर गनाएका हात लिएर फेरि माथि उक्लिएँ। उसै गरी राडी र गुन्द्री छोडेर भुइँमा बसेँ। तर आमैको चालचुल छैन। केरा र दही आयो होला भनेको त्यो पनि छैन । एकछिनपछि पो आमै रित्तोहात ढोकामा हाजिर हुन्छिन र ठसमस हुँदै राडीमा बस्छिन्। 

आमैले मलाई जनता बनाइनँ। संघीय लोकतान्त्रिक गणतन्त्रको जनता ! तर मैले त्यो बेला पत्तो पाइनँ। अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको चर्तिकला देख्दा थाहा पाउँदैछु। त्यसैले मैले उनलाई नेता जस्तो भनेको हो। त्यो बेला मलाई के फरक पर्छ र जस्तो लागेको थियो। दही दही हो। एकराते न दुईराते! चैते धुपले तातेको ज्यानमा गोरस हाल्न ठूलो कुरा हो। एकरात र दुईरात ठूलो कुरा होइन। जनताको जुन स्वभाबिक मनोबिज्ञान हुन्छ नि , ” के फरक पर्छ र ” भन्ने त्यसले काम गर्‍याे र अनि म सहजै जनता हुन पुगे।

” हुन्छ आमै दही आखिर दही नै हो के फरक पर्छ र! ”

आमै भित्र पसेर छिन भरलाई हराइन्। तिर्खाएको म दहीमा चिनी हालेको भाग आउने आशामा घरीघरी पुलुक पुलुक आमै गएतिर हेर्न थालेँ। तर फेरि पनि एकछिनमा आमै रित्तैहात ढोकामा निर्लज्जसँग हाजिर भइन्। पाँच बर्षपछि जनताको घरमा आएको निर्लज्ज संसद जस्तै।

” बा ! दहीमा मर्न नसकेको साङ्लाे परेछ। यो साङ्लोले पनि उठिबास लगाएरै छोड्ने भयो बा। अब के खान्छौ त बाबै! जिस्क्याएजस्तो पो भयो तिमीलाई। बिहान पारेको कलिलो मोही छ खान्छौ बा ? ”

संघीय लोकतान्त्रिक गणतन्त्रका मुखियाहरु ती “डेलीभर” गर्न नसकेपछि अमेरिकी साम्राज्यवाददेखि भारतीय विस्तारवाद हुँदै मौसमसम्मलाई दोष दिन्छ्न्। आमैले त्यसैगरी साङ्लालाई दोष दिइन्। तर आफू नउक्लिनु माथि उक्लि सकियो। नबस्नु राडी र गुन्द्री छोडेर भुँईमै भएनि बसियो।

जिस्क्याउन त बुढीमाउले जिस्क्याएकै हुन्। झनक्क रिस पनि उठेकै हो। संगैका गोठाले साथीहरु ” भैगो आमै” भनेर साईड लाग्नुको रहस्य पनि अहिले आएर छर्लङ्ग भयो। तर आमैको नेता जस्तो ब्याक्तित्व र आफ्नो मोहीप्रतिको तिर्सनाले झनक्क रिसाइहाल्न दिएन। ठिकै छ जिन्दगी भनेकै सम्झौता हो भन्छ्न्। आखिर यहाँसम्म आई हालियो। एक गोठ भकारा फ्याकिसकियो। अब मोही नै भएपनि पिएर जानुपर्ला।

“हुन्छ आमै मोही नै भएपनि खाउ न त ।”

आमै फेरि भित्र छिरिन्। एकराते दहीबाट कलिलो मोहिमा सम्झौता गरिएको थियो। यो पटक पक्कै कार्यन्वयन होला भन्नेमा म आशाबादी थिए। नभन्दै मोही खन्याएको कलकल आवज सुनियो। तर आवाजसंगै सारा वातावरण अमिलो बनाउदै ठुस्ससँग १० राते जस्तो लाग्ने मोही नमिठोसँग गनायो।

आमै जति बाहिर निस्कन्छिन उति अमिलो मोही सघन भएर जाँड जस्तो गनाउदै जान्छ। जसै आमैले स्टिलको गिलासमा मोही दिइन् उलुक्क गरेर फर्केलाजस्तो भयो। हेरें मोही सेतो होइन निलो / निलो छ । किरै पो परेको होकि भनेर राम्रोसँग नियाले । आँखाले देखिने गरिका किरा चाहिँ रहेनछ्न् ।

“हे दैब ! एकराते दहीमा चिनी हालेर खान उक्लिएको म , अब यो चुक जस्तो ठेकीको जाँडमा कसरी मुख हाल्नु ?”

मुख हाल्ने हिम्मत नजुटेपछि यसो पिलिक्क आमैलाई हेरे।

” खाउ बा खाउ! आज बिहान मात्रै पारेको कलिलो छ खाउ। हरर भएको आँत शितल हुन्छ। ”

” ई बुढी हुन्छ सितल।” भन्न मन लाग्छ । तर के गर्नु भन्नू भएको छैन।

आमै भित्र पसेर छिन भरलाई हराइन्। तिर्खाएको म दहीमा चिनी हालेको भाग आउने आशामा घरीघरी पुलुक पुलुक आमै गएतिर हेर्न थाले । तर फेरि पनि एकछिनमा आमै रित्तैहात ढोकामा निर्लज्जसंग हाजिर भइन्। पाँच बर्षपछि जनताको घरमा आएको निर्लज्ज संसद जस्तै।  

आँखा छोपी नरोउ भनी भन्नू पर्‍या छ। मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ भनेर नारायण गोपाल गाउँथे। मैले पनि मुटुमाथि ढुंगा राखेर जाँड भैसकेको मोहीको प्याला सके। सुकरातलाई बिखको प्याला रित्याउन उस्तो गार्हो परेको थिएन होला , जति मलाई आमैको चिनी हालेको एकराते दही सिध्याउन पर्‍याे। जसोतसो एकप्याला जाँडे मोही सिध्याएं।अनि हत्तपत्त निस्किएर बाँसझागमा गएर उभौलीको बाटोबाट खाएको भन्दा तेब्बर फ्याकेर गोठाले धन्दामा फर्किए।

तपाईंले, यो कुरो बिना प्रंसग ताई न तुईसंग कहाँबाट आयो त भनेर भन्नुहोला। यो यसै ताई न तुईसँग आएको हैन। हिजोआजका हाम्रा एक तिहाईका काम चलाउवाला प्रधानमन्त्री, श्री केपी शर्मा ओलीलाई देखेर, यसै यसै हाइस्पिड रेलको गतिमा हिजोआज मलाई आमैको सम्झना आएको आयै छ। हाईस्पिड रेल, पानीजहाज ,समृद्ध नेपाल, सुखी नेपाली , नामका तमाम एकराते दहीको सपना र हातमा भएको जाँड जस्तो अमिलो उपलब्धि देख्दा बाल्यकालमा भोगेको त्यो घट्ना ताजा भएर आएको होला।

समयको पत्रैपत्रमा हराएकी तिनै आमै ,एकाएक केपी ओलीको रुपमा अवतरण गरेर सोधेजस्तो लाग्छ ।

” बा ! समृद्ध नेपाल र सुखी नेपाली नामको, एकराते चकना परेको दही छ। चिनी हालेर खान्छौं ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *