गृहमन्त्रालयमा सुरक्षा बैठक : पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल

डिसी नेपाल
३० जेठ २०७८ ९:५३

काठमाडौ। खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएपछि पहिले पटक सुरक्षा बैठक बसेको छ। गृहमन्त्रालयका जारी बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भइरहेको छ।

गृहमन्त्री अधिकारीले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी लिन बैठक बोलाएका हुन्।

बैठकको कोभिड–१९ को अवस्था, समग्र मुलुकको शान्ति सुरक्षाको अवस्थाका विषयमा छलफल भइरहेको छ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसा अधिकारी र गृह प्रवक्ता जनकराज दाहाल सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *