काठमाडौं महानगरमा रोकिएको खोप भोलिदेखि लगाइने

डिसी नेपाल
३० जेठ २०७८ १७:५०

काठमाडौं। स्थगित भएको ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको ‘भेरोसेल खोप’ अभियान सोमबार पुनः सुचारू हुने भएको छ। यसअघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो।

वडा वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका स्वास्थ्य सेवा विभागका प्रमुख हरि कुँवरले जानकारी दिए। उनका अनुसार जेठ ३१ देखि असार १ गतेसम्म खोप लगाइने भएको छ। वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुनः खोप सञ्‍चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको कुँवरले जानकारी दिए। ‘१० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ,’ उनले भने।

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो। ती ६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *