प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी तुल्याइने छः मन्त्री बानियाँ

डिसी नेपाल
३० जेठ २०७८ २२:१७

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री मोहन बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताएका छन् । काठमाडौंमा उपलब्ध कर्णाली प्रदेशका निजामति र सार्वजनिक सेवामा रहेका अधिकृतसँगको परिचयात्मक कार्यक्रममा उनले सुशासन, सुपरीवेक्षण र सुसमन्वयमा कार्यालयको ध्यान केन्द्रित हुने बताए ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत ४८ वटा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यी प्रमुख विषयमा नतिजामूलक तवरले कार्य सम्पादन गर्ने आफ्नो प्रयास रहने बताए । उनले भने, “राष्ट्रिय गौरवका आयोजनालगायत अन्य परियोजनाको निर्माण तथा कार्यान्वयनमा पनि विशेष ध्यान दिइनेछ ।” नेपाल सरकारका विभिन्न मन्त्रालयसँगको समन्वयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ प्रयास केन्द्रित गरिने उनको भनाइ थियो । सो परिचयात्मक कार्यक्रममा सहभागी राष्ट्र सेवकले नवनियुक्त मन्त्री बानियाँलाई विभिन्न रचनात्मक सुझाव दिएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *