लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी

डिसी नेपाल
२ मंसिर २०७५ १०:३८

जनकपुरधाम,। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएकि छन् । नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेश नं २ स्तरीय कार्यशाला गोष्ठीमा उनले सो आरोप लगाएकि हुन् ।

हिंसा, बलात्कार, हत्या, महँगी, भ्रष्टाचार, मौलिक अधिकार, कर वृद्धि, प्रेस स्वतन्त्रता तथा न्यायपालिकामाथिका आक्रमणप्रति सरकारको उदासीनताले लोकतन्त्रमाथि खतराको कालो बादल मडारिरहेकाले नेपाली काङ्ग्रेस मौन बस्न नहुने धारणा पनि उनले राखिन् ।

उनले काङ्गे्रसले अर्जुनदृष्टिका साथ सरकारी पक्षको द्वैध चरित्रविरुद्ध ऐक्यबद्ध हुनुपर्ने खाँचौँ औँल्याउँदै मधेश केन्द्रित दल कम्युनिष्ट सरकारको भ्रमजालमा परी मधेशी जनताको मुद्दालाई ओझेलमा पारेको बताइन् । सरकारले प्रदेश सरकारलाई औचित्यहीन बनाउँदै सङ्घीयतालाई नै धरापमा पारेको भन्दै उनले काङ्गे्रसले लोकतन्त्र तथा सङ्घीयताको रक्षा गर्न अग्रसर हुन जरूरी भएको धारणा राखिन् ।

वरिष्ठ पत्रकार एवं राजनीतिक मस्यौदा समितिका सदस्य हरिहर विरहीले लोकतन्त्रको पर्याय नेपाली काङ्गे्रस भएकाले काङ्गे्रसलाई ऊर्जाशील बनाउनुपर्ने खाँचो छ भने । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *