विपत व्यवस्थापनका लागि तयार रहन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत। पछिल्लो समय मनसुन भित्रिए सँगै कर्णालीमा भैरहेको निरन्तर बर्षाका कारण हुने जोखिम रोक्न विपत व्यवस्थापनका लागि तयार रहन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निर्देशन दिएका छन्।
कर्णालीका प्रायः वस्तीहरु खोलाको किनार, बगर र पहाडी इलाकाहरुमा गहिरो ठाउँमा भएको भन्दै मुख्यमन्त्री शाहीले ती बस्तीका नागरिकहरुलाई मनसुन नसकिने बेला सम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेका छन्।
‘नेपालको पूर्वी भागमा ठूलो क्षति भैसक्यो कर्णाली पनि उच्च जोखिममा छ,’ ‘मुख्यमन्त्री शाहीले भने, ‘सरकारले गरेको आग्रहलाई कसैले अटेर गरेमा प्रशासनलाई भनेर भए पनि सुरक्षित ठाउँमा ल्याउने तयारी सरकारले गरेको छ,।’
जोखिबाट हुने क्षति कम गर्नका लागि वडा स्थरमा स्वयमसेवक गठन गरी उनिहरुलाई तालिन प्राप्त गर्न नेपाल प्रहरीले जिम्मा लिने र उद्धारका लागि सबै तयारी अबस्थथामा रहन निर्देशन मुख्यमन्त्री शाहीले निर्देशन दिए।
कर्णालीका सबै जिल्लामा जोखिममा परेका नागरिहरुको लागि उपचारको प्रवन्ध मिलाउने र घटना स्थलमा स्वास्थ्यकर्मी तत्काल पुग्ने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन्।
अत्यावश्यक सामान खरिद गर्नको लागि विपद कोषमा तत्काल १० करोड रुपैँया निकाशा पठाउने र सडक अवरुद्ध हुने अबस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अबस्थामा तयारी अबस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिए।
Facebook Comment