महाकाली नदीमा जलस्तर खतराको विन्दु पार गर्यो
काठमाडौं। महाकाली नदीमा जलस्तर खतराको विन्दभन्दा माथि पुगेको छ। शनिबार राति सवा १० बजे नेपाल बाढी सूचनाले महाकाली नदीमा जलस्तर खतराको विन्दु पार गरेको जनाएको छ। महाकाली नदीको तटीय क्षेत्रमा रहेका वासिन्दाहरुलाई सचेत रहन अपील गरिएको छ। आइतबार दिउँसोसम्म तटीय क्षेत्रमा बाढीको प्रभाव पर्नसक्ने भन्दै सचेत रहन अपील गरिएको छ।
उता दोलखामा तामाकोशी नदीको बहाव स्थिर रहेको नेपाल बाढी सूचनाले जनाएको छ। तिब्बतमा पहिरो जाँदा तामाकोशीको मुहान थुनिएकाले बाढीको जोखिम बढेको भन्दै सचेत रहन अपील गरिएको छ। नेपालमा तामाकोशी जलविद्युत आयोजनाको ड्याम खाली गराइएको छ।
असार ५ राति १०:१५ बजे
महाकाली नदी पारीगाँऊ केन्द्रमा जलसतहले खतरा तह पार गरी बढ्दो रहेको र उक्त जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकोले तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरू भोलि दिउँसो सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला। pic.twitter.com/0C03TBifQM— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 19, 2021
Facebook Comment