आफैं सुतेको घरको छानोबाट मेलम्ची बगेको भोग्दा (भिडियाेसहित)

डिसी नेपाल
६ असार २०७८ ९:२०

नेपालको बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको तीन महिनाको सुरुङ परीक्षण २०७८ साल जेठ मसान्तमा सम्पन्न भएकाले असार १ गते बिहान ११ वजेवाट सुरुङको पानी बन्द गरी क्रमशः खाली गर्ने तय भएको थियो।

यसै सन्दर्भमा त्यो हप्ता सुन्दरीजल खण्डको पानी खाली गर्न प्रतिसेकेन्ड २०० लिटरका दरले बाग्मती नदीमा छाड्ने कार्यक्रम थियो। म आयोजनाको समाजशास्त्रीको हैसियतले सो कार्यक्रममा सरिक हुन बिहान ११ वजे सुन्दरीजल गएको थिएँ।

यो हप्ता सुन्दरीजल खण्डको पानी खाली हुने र अर्को हप्तादेखि ग्याल्थुम खण्डको पानी खाली गर्ने योजना थियो। त्यसैले म सुन्दरीजलवाट सीधै मेलम्ची नगरपालिकामा रहेको आयोजनाको क्याम्पमा वास बस्न पुगेँ। ग्याल्थुम खण्डको पानी खाली गर्न अर्को केही दिन लाग्ने र त्यसपछि सिन्धु खण्ड र अम्वाथान खण्डको पानी क्रमश खाली गर्ने कार्यक्रम थियो।

पानी छाड्दा कसैलाई पनि असर नगरोस भनेर प्रतिसेकेण्ड २०० लि. का दरले छाड्ने निश्चित भएता पनि सर्वसाधारणलाई जानकारी गर्नु पर्ने हुनाले मेरा साथीहरु सबैतिर माइकिङ गर्दै हुनुहुन्थ्यो। पानी खाली भए पश्चात सुरुङको निरीक्षण र प्राविधिक परीक्षणपश्चात लगभग २ महिनापछि पुनः काठमाडौं उपत्यकालाई नियमित पानी पठाउने आयोजनाको योजना थियो।

हामी साँझको खाना खान लाग्दा (७.३० वजे तिर) मेरा सहकर्मी पत्रकार मित्र निमेष रेग्मीले मेलम्ची नदीमा बाढी आयो भनेर खबर गर्नुभयो। हामी सबैजना बाढी हेर्न क्याम्पको पर्खालमा गयौं।

त्यसबेला रातको लगभग १२ बजेको हुँदो हो। सिडिओको फोनले मलाई झस्कायो। चिनियाँ राजदूतावासले फोनमार्फत केही चिनियाँहरु हराइरहेको खवर आएको छ के गर्ने भन्नु भयो।

बाढी सधैभन्दा केही ठूलो त थियो र त्यसमा थुप्रै मात्रामा काठहरु बगाएर ल्याएको थियो। यति हुँदाहुदै पनि हामीले त्यसलाई सामान्य नै ठानी हामी आ–आफ्नै काममा फर्कियौं। मेलम्ची क्षेत्रमा घनघोर वर्षा भइरहेको थियो। मेरो आवास मेलम्ची नदी किनारको लगभग १० मिटर माथि थियो।

आयोजनाको क्याम्पको तटमा ग्याभिन वाल बनाइएको र सल्ला तथा धुपीका रुखहरु भएकाले बाढी पस्ने कल्पना नै थिएन। म साथीहरुसँग छुट्टिएर लगभग ९ वजे आफनै आवासमा सुत्नलाई गएँ। दिनभरिको थकानले बाढीको सुशाहटमा म भुसुक्क निदाएँछु।

मेरा सहकर्मी अजित घिमिरे र मेरो गाडी चालक सुदर्शन विष्टले चिच्याएर बोलाएको सुने र म बााहिर निस्किएँ। म निस्किँदा मेरो आवासको वरिपरि पानी आउन थालिसकेको थियो। बाहिर निस्किएपछि म निरन्तर आयोजनको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय, स्थानीय सेनाको गुल्म र शसस्त्र प्रहरी पोष्टसँग समन्वय गर्न थालेँ।

लगभग रातको ११ वजेर ३० मिनट जाँदा हेलम्वुवाट स्थानीय मित्र हरि रिमालले मलाई फोन गरी ‘आयोजनको मुहानदेखि लगभग १५ किमी माथि नाकोटे भन्ने स्थानमा ठूलो पहिरो लडी मेलम्ची नदी थुनिएको छ। तल्लो तटीय क्षेत्रमा थुनिएको नदी खोलिँदा ठूलो नोक्सान हुनसक्छ’ भन्नु भयो।

यो कुरा मैले तत्कालै सिडिओलाई र आयोजनाका साथीहरुलाई सुनाएँ। मैले पुन हरि रिमाललाई फोन गरी के कारणले यति ठूलो पहिरो खस्यो भनेर बुझेँ। मेलम्ची नदीको हिमाली क्षेत्रमा ठूलो आवाज गरेर बादल फाटेको र मुसलधारे वर्षा भएपछि पहिरो खसेको जानकारी गराउनुभयो।

त्यसबेलासम्म जिल्लामा आयोजनाले सुरुङको पानी खोलेर बाढी आएको हल्ला चलेको रहेछ। मैले बाढी आउनुको वास्तविक कारण जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक गरें। त्यसबेलासम्ममा बाढीले आयोजनाको अम्बाथानमा रहेको निर्माण व्यवसायीको आवास क्षेत्र बगाएको र स्थानीयहरुलाई ठूलो क्षति पुर्‍याएको खबर आइसकेको थियो।

आयोजनाका विदेशी तथा नेपाली कामदार मित्रहरु भागेर खहरे भन्ने स्थानमा जंगलमा रहेकोले तत्काल उद्घार गर्न म सुरक्षा निकायका साथीहरुसँग छलफलमा थिएँ। त्यसबेला रातको लगभग १२ बजेको हुँदो हो। सिडिओको फोनले मलाई झस्कायो।

मेरो आवास क्षेत्रमा लस्करै ७ वटा घर थिए। तीनवटा घरहरु भत्काएर बगाइसकेको र मेरो सहित वाँकी ४ वटै घरको छानाबााट पानी बगिरहेको देखियो। म आफ्ना सामान बाढीले डुवाएको हेरेर निरीह बनी फोटा खिच्दै सर्वत्र पठाँउन थालें।

चिनियाँ राजदूतावासले फोनमार्फत केही चिनियाँहरु हराइरहेको खवर आएको छ के गर्ने भन्नु भयो। मैले स्थानीय सुरक्षा निकायसँग समन्वय गरी खोज तलासमा लाग्ने बताएँ। त्यसपछि मसहित सबै साथीहरु रातभर स्थानीय सुरक्षा निकायको समन्वयन रही घटना भएका क्षेत्रका सुरक्षा निकायका साथीहरुलाई खोज तथा उद्घारमा परिचालन गर्न थाल्यौं।

बिजुली तथा इन्टरनेट नभएको, निष्पट्ट अँध्यारो रात, मुसलधारे वर्षा, बाटो तथा पुलहरु सवै ढाकेर बगी रहेको मेलम्ची नदीका सामु हामी निरीह सावित भएका थियौं। आयोजनाको मुहान क्षेत्रमा सुरक्षार्थ खटिएका शसस्त्र र सेनाका पोष्टका मित्रहरुले आफ्नै सुरक्षा गर्न हम्मे हम्मे रहेको जानकारी गराउनु भयो।

यतिकैमा बिहानको ४ बज्यो। उता मेलम्ची नदी वरपर आतंक मच्चाउँदै तीब्र गडगढाहट साथ बगिरहेको थियो, जुन हामी सबैका लागि नयाँ थियो। मोबाइलमा घण्टी निरन्तर वजिरहेकै थियो। झिसमिसे उज्यालोमा हेर्दा नदीले आफ्नो वहाव क्षेत्र छोडेर मेलम्ची वजारको आधाभाग ढाकेर बगेको देखियो।

मेरो आवास क्षेत्रमा लस्करै ७ वटा घर थिए। तीनवटा घरहरु भत्काएर बगाइसकेको र मेरो सहित वाँकी ४ वटै घरको छानाबााट पानी बगिरहेको देखियो। म आफ्ना सामान बाढीले डुवाएको हेरेर निरीह बनी फोटा खिच्दै सर्वत्र पठाँउन थालें।

आयोजनाको मुहानका भौतिक संरचनामा खासै असर गरको देखिँदैन। विदेशी कम्पनीका आवासघरहरु बगाँउदा अरवौंको क्षति पुगेको छ। स्थानीयका सयौं घरहरु बगाँउदा त्यसमा रहेका सम्पति वस्तुभाउ, अन्नपात, लत्ताकपडा सबै बगेका छन्।

यतिकैमा हताहती र नोक्सानीका खवरहरु प्राप्त हुन थाले। आयोजनासँग सम्वन्धित ३ जना चिनियाँ, ३ जना भारतीय, २ जना नेपाली र दर्जनौं हेलम्वुका स्थानीय बासिन्दा हराइरहेको आधिकारिक जानकारी आयो। मेलम्ची बजारवाट उत्तरका मेलम्ची नदीमा बनाइएका सबै पक्की तथा झोलुङ्गेपुलहरु बााढीले क्षणभरमै स्वाहा बनायो।

खोला किनारका वस्ती तथा बजारहरु मेलम्ची, तारामाराङ्ग, ग्याल्थुम, चनौटे, किउल, तिम्वु र अम्वाथानका २०० घरहरु बगाएको र थप ३०० घरहरुमा क्षति पुगेको छ। त्यसैगरी १० वटा माछा फारम (एउटामा करोडभन्दा माथिको लगानी हुन्छ), दर्जनौं क्रसर उद्योग र केही फर्निचर उद्योगहरु बगाएको छ। आयोजनाको मुहानका भौतिक संरचनामा खासै असर गरको देखिँदैन।

विदेशी कम्पनीका आवासघरहरु बगाँउदा अरवौंको क्षति पुगेको छ। स्थानीयका सयौं घरहरु बगाँउदा त्यसमा रहेका सम्पति वस्तुभाउ, अन्नपात, लत्ताकपडा सबै बगेका छन्।

राजधानी काठमाडौंको पूर्वउत्तर सिमानासँग जोडिएको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाको अम्वाथानवाट मेलम्ची नदीको पानी २७ किमी सुरुङ निर्माण गरी २०७७ साल फाल्गुण २२ गते काठमाडौं आइपुगेको थियो।

सो पानी सुन्दरीजलमा प्रशोधन गरी चैत १३ बाट काठमाडौं उपत्यकामा वितरणका लागि उपलव्ध गराइएको थियो। तीन महिना सुरुङको सफल प्राविधिक परीक्षणपश्चात २०७८ साल असार १ गतेबाट मेलम्ची नदीको पानी सुरुङमा हाल्न बन्द गरियो।

सोही दिनको साँझ ठीक तीन बजे आयोजनाको मुहान क्षेत्रभन्दा लगभग १५ किमी माथि हिमाली क्षेत्रमा बादल फाटी मुसलधारे वर्षा हुँदा आयोजनाको निर्माण व्यवसायीको आवास क्याम्पसहित सयौं स्थानीयको घरवार, माछापालन व्यवसाय, क्रसर उद्योग, फर्निचर उद्योगलगायत हेलम्बु गाउँपालिकामा र मेलम्ची नगरपालिकामा रहेका पक्की पुल तथा झोलुङ्गे पुलहरु सबै बगाउनका साथै दर्जनौं नागरिक, पशु चौपाया र जायजेथा बगाएर लगभग ५०० घर परिवार विस्थापित भई सडकमा रात बिताउन बााध्य छन्।

यसरी हेलम्वु र मेलम्ची नगरपालिकाका हजारौं नागरिकहरु सडकमा भोकै नाङ्गै छटपछाई रहँदा कसरी राहत उपलब्ध गराउन सकिन्छ भनेर हामी आयोजनाका कर्मचारीहरुले व्यक्तिगत र संस्थागत तवरमा प्रयासहरु गरिरहेका छौं। यस सवालमा म देशभित्र र देशबाहिर रहनुहुने सवै नेपाली तथा विदेशी मनकारी मित्रहरुलाई सहयोगका लागि अपिल गर्दछु।


यस सन्दर्भमा आयोजनामा कार्यरत कर्मचारीहरु र निवर्तमान कार्यकारी निर्देशकहरु सहित सम्वन्धित सबैले तत्काल प्रभावितहरुमा राहत पुर्याउने हेतुले आयोजनाका कर्मचारी श्री ऋषि पौडेल (+९७७९८४१४०२०७९) र सहकर्मी मित्र नेपाल वातावरण पत्रकार समूहका महासचिव निमेष रेग्मीलाई (+९७७९८५१०७५२१३) सम्पर्क व्यक्ति तोकेर राहतको पहल अगाडि बढाएका छौं।

यस भयावह अवस्थामा तपाई हाम्रो सानो सहयोगले हेलम्वु र मेलम्चीका बाढी पीडितहरुमा मानवीय सहयोग पुग्न सकोस भन्ने कामना गर्दछु। मानवलाई आपत पर्दा मानवले नै सहयोग गर्ने हो । सहयोग गर्ने हाम्रो संस्कार र संस्कृति पनि हो। धन्यवाद ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *