बलिउडका यी ६ अभिनेत्री ! जो बुढी भइसके तर बिहे गर्दैनन्
एजेन्सी। बलिउडमा यस्ता कैयौं हिरोइन छन् जसको उमेर निकै भइसकेको छ तर अझैसम्म विवाह गरेका छैनन् । यतिमात्र होइन केही हिरोइनको त कुनै प्रेम सम्बन्धको चर्चासमेत छैन । केहीको प्रेमसम्बन्धको निकै चर्चा चल्छ तर अन्ततः ब्रेकअप हुन्छ । यीमध्ये केहीको अहिले नै बिहे भए पनि आश्चर्य लाग्दैन तर केहीको भने कहिले बिहे हुन्छ भन्ने पत्तै छैन । आउनुहोस् कुरा गरौं ६ बलिउड हिरोइनको जसले उमेर छिप्पिँदा पनि बिहे गरेका छैनन् ।
१. यो सूचीमा सबैभन्दा पहिले नाम आउँछ पूर्व मिस युनिभर्स सुस्मिता सेनको । सुस्मिता ४२ वर्षकी भइसकेकी छिन् । उनका दुई धर्मपुत्री पनि छन् । छोरीहरु ठूला भइसके तर सुस्मिताको बिहेको अत्तोपत्तो छैन । उनको १० जनासँग अफेयर भइसक्यो । अहिले पनि उनको अफेयर निकै कान्छा युवकसँग चलिरहेको छ ।
२. बलिउडमा ९० को दशकमा निकै चर्चित हिरोइन तबु पनि अविवाहित छिन् । तबु अविवाहित मात्र होइन सिंगल पनि छिन् अर्थात उनको अफेयरको पनि चर्चा छैन । ४७ वर्षकी उनी बिहे गर्न चाहन्छिन् कि चाहन्नन् उनै जानुन् ।
३. ४२ वर्षकी अमिषा पटेल पनि अविवाहित छिन् । उनी अहिले खान परिवारको पार्टीमा सहभागी हुँदैमा व्यस्त छिन् । उनको बिहे कहिले हुने भन्ने पनि अत्तोपत्तो छैन ।
४. फिल्ममा साइड रोल निभाउने अभिनेत्री दिव्या दत्ता पनि ४१ वर्षकी भइसकेकी छिन् । उनको अभिनयमा कुनै कमी छैन । कमी छ त जीवनमा एक जीवनसाथीको ।
५. ३९ वर्षकी नरगिस फखरी पनि बुढी अभिनेत्रीको सूचीमा पुगिसकिन् । तर, उनको बलिउड करिअर अहिले बल्ल सही बाटोमा आएकोले उनले कहिले बिहे गर्छिन् भन्न पनि सकिन्न ।
६. बलिउडबाट टिभीमा सरेर अहिले सन्तोषी माताको भूमिका गरिरहेकी ग्रेसी सिंह पनि ३८ वर्षकी भइसकिन् । अहिले उनी आफ्नो काममा व्यस्त छिन् तर बिहेको बारेमा कहिले सोच्ने हुन् पत्तै छैन ।
Facebook Comment