राज्यलाई सबल र सफल बनाउन सबै लाग्नुपर्छ : मन्त्री भट्ट

डिसी नेपाल
३ मंसिर २०७५ १६:००

सुखड । सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले आफूहरु सबै मिलेर प्राकृतिक श्रोत साधनको जगेर्ना गर्नुपर्ने बताएकी छन्।

सोमबार कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा डिभिजन वन कार्यालय पहलमानपुरको उद्घाटन गर्दै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण प्रदेश रहेको बताएकी हुन्।

उनले भनिन्, ‘कैलालीमा २ लाख हेक्टरमा वनजंगल रहेको छ, यदि जंगलमा भएका जडिबुटीहरुको सदुपयोग, संरक्षण तथा सम्बर्द्धन गरी बनलाई उत्पादनमुखी बनाइ रोजगारी सिर्जना गर्ने र यहाँका बासिन्दाहरुको जीवनस्तरलार्इ माथि उठाउन सकियो भने समृद्बि प्रदेश भनेर चिनिने बताइन्।

मन्त्री भट्टले जनातका सेवा सुविधाको लागि प्रदेश सरकार सधै लागिरहेको बताइन्। उनले भनिन्, ‘जनताको सेवा सुविधालाई छिटो छरितो, नजिकबाट सेवा सुविधा दिन नसकेको हुनाले प्रदेश सरकारले संघीय सरकारलाई प्रस्ताव गरेको हुनाले जनताको काम छिटो छरितो गर्न सकियोस् भनेर कैलालीको धनगढी र पहलमानपुर गरी २ वटा डिभिजन कार्यालयले उद्घाटन गरिएको हो।

यस्तै मन्त्री भट्टले राज्यलाई सबल र सफल बनाउन सबै लाग्नु पर्ने बताइन्। उनले भनिन्, ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलार्इ सफल र सबल बनाउन समाजमा भएका विकृति, विसंगति, भेदभाव, कु–प्रथा तथा अन्धविश्वासलाई अन्त्य गरेर सामाजिक सद्भाव कायम गरियो भने मात्र समृद्ब गाउँ, समृद्ब प्रदेश, शुखी जनता बनाउने लक्ष्य पूरा हुन्छ।’ साथै मन्त्री भट्टले जनप्रतिनिधि र कर्मचारी एकै रथका दुई पाङ्ग्रा भएकोले एक आपसमा सहयोग गरी मिलेर काम गर्नुपर्ने बताइन्।

त्यस्तै प्रदेश सांसद अमर साउँदले बसन्ता करिडोर, कर्णाली करिडोर, सिमसार क्षेत्रमा रहेको घोडाघोडी ताल तथा महत्त्वपूर्ण वन क्षेत्रहरु सुदूरपश्चिम प्रदेशमा परेकाले आफूहरु प्राकृतिक सम्पदाको धनी रहेको बताए। उनले भने, हाम्रो प्रदेशमा भएका वनजंगलबाट जडिबुटीहरु उत्पादनमा जोड दिएर वनलार्इ आयआर्जन गर्ने थलो बनाउनु पर्छ।

साथै सांसद साउँदले ३ तहको जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु हातेमालो गरेमात्र समृद्बि नेपाल सुखी नेपाल बनाउन सकिने बताए। यस्तै प्रदेश सांसद रतन थापाले सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *