थप २ हजार १६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

डिसी नेपाल
१२ असार २०७८ १६:५०

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९१४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८०६ परीक्षण गर्दा ८४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ४२ हजार २४ जना आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *