राष्ट्रिय शीत काव्य समाज गठन
काठमाडौं । साहित्यकार पुष्कर अथक रेग्मी (पाल्पा)को अध्यक्षतामा ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की’ सीबिका’ (काठमाडौ) र उपाध्यक्ष नारायण कोइराला ( युएई) रहेका छन् । भोजपुरका दामोदर ढकाल’दीपक’ सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण के.सी.(नुवाकोट ), सुरेशचन्द्र घिमिरे ( लमजुङ ) मनु खत्री (गुल्मी),चन्द्रावती अधिकारी (कोहलपुर), इन्दिरा गौतम ( आसाम,भारत) र विजयीता भण्डारी ( झापा) रहेका छन् ।
सामाजिक संन्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसेन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो । आगामी दिनमा सात प्रदेश र बिदेश बिभाग प्रमुखहरूपनि मनोनयन गरिने जानकारी समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले दिएका छन् ।
शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । पानीको सानो बुँदलाई शीत भनिएजस्तै कविताको अति लघुतम रूपलाई शीत नामाकरण गरिएको हो ।शीत २र२ अक्षरको चार हरफमा जम्मा आठ अक्षरमा लेखिन्छ । यसलाई बिभिन्र नियममा सजिलै लेख्न सकिन्छ भनी समाजकासचिव दामोदर ढकालले बताए ।
समाजले मुहार पुस्तिकामा शीत काव्य समाजको पेज निर्माणका साथै मेसेन्जर समूह निर्माण गरेको छ । जस्मा पूर्वमा झापादेखि पश्चिममा महेन्द्रनगर र भारत तथा अरब मुलुकका सर्जकहरूको सहभागीता रहेको छ । सर्जकहरू शीत कविता लेख्दैछन र विभिन्न माध्यमद्वारा संप्रेषण गर्दैछन । नेपाली साहित्यको श्रीवृद्धिका लागि लघुकाव्य शीतले नवीनतम योगदान पुराउने आशा लिइएको छ ।
Facebook Comment