नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
१३ असार २०७८ ८:५८

काठमाडाै। नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ। अहिले ९ बने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुनेछ।

पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएको थियो। यो क्रम सकारात्मक रुपमा अघि बढ्दै आएको पार्टी अध्यक्ष ओलीको पक्षबाट एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ् लगायतका नेताहरुले बताउँदै आएका थिए।

यस्तै नेता नेपालको पक्षबाट पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य लगायतका नेताहरे बताउदै आएपनि पछिल्लो केही दिनयता पार्टी एकताका सम्बन्धमा आशा लाग्दो गतिविधि हुन सकेको छैन। यसैगरी बैठकमा दशाैं महाधिवेशनकाे तयारीका विषयमा पनि छलफल हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *