कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, १ हजार ९२० जना संक्रमित थपिए

काठमाडौं। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
गत २४ घण्टामा नेपालमा १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ७ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६७ पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३६ परीक्षण गर्दा ५६७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ।
प्रतिक्रिया
Facebook Comment