दक्षिणी सुडानमा शान्ति स्थापनामा तैनाथ नेपाली सैनिकलाई ६ सय ९८ पदक

डिसी नेपाल
१४ असार २०७८ ८:३५

काठमाडौं। दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस)मा तैनाथ नेपाली सैनिकहरुले ६ सय ९८ पदक पाएका छन् । शुक्रबार आयोजित पदक वितरण समारोहमा दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि उल्लेख्य योगदान दिएवापत नेपाली सेनाका २२ महिलासहित ६ सय ९८ जना अधिकृत तथा जवानलाई पदक हस्तान्तरण गरियो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट अनमिस फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल सैलेश तिनाइकरले नेपाली सेनाका क्याप्टेन विज्ञान विष्टलाई प्रशंशा पत्र हस्तान्तरण गरे । सामान्यतया फोर्स कमाण्डर र डेप्युटी कमाण्डर साथमा यात्रा नगर्ने भए पनि यो कार्यक्रममा भने दुवै उपस्थित थिए । कालीध्वज गणका १० औं कन्टिन्जेन्टका कमाण्डर क्याप्टेन बिष्टलाई गएको नोभेम्बरमा दक्षिणी सुडानको लेकस स्टेटको कुइबेत काउन्टीमा साम्प्रदायिक दंगा हुनबाट रोक्न उल्लेख्य योगदान दिएकोमा पदक प्रदान गरिएको हो ।

नेपाली सेनाको इतिहासमै बाबुछोरा एकैपटक सम्मानित भएको इतिहास पनि बनेको छ । पूर्वी पृतना कमाण्डर ब्रिगेडियर जनरल दीपक कुमार बानियाँ र उनका छोरा लेफ्डिनेन्ट डा. दिव्य प्रताप बानिया दुवैलाई पदक प्रदान गरियो । कार्यक्रममा माओवादीबाट समायोजन भइ नेपाली सेनामा आएका २ जोडी, जुम्ल्याहा दाजुभाइको एक जोडी र साख्खै दाजुभाइको अर्को एक जोडी पनि सम्मानित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *