भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं । सरकारले उपत्यकामा भोलिदेखि निषेधाज्ञालाई केही खुकुलो बनाउदै २५ सिट वा हो भन्दा माथिका सिट क्षमता भएका सार्वजनिक सवारीसाधन सञ्चालन अनुमति दिने भएको छ ।
भोलिदेखि जोर बिजोर प्रणालीबाट सार्वजनिक सवारीसाधान सन्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको हो । विहान १० बजे बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
२५ सिट क्षमताभन्दा कम भएका सार्वजनिक सवारीसाधन चलाउन भने रोक लगाइएको छ । धेरै सिट भएका सवारीसाधनमा दुरी कायम राखेर यात्रुहरु ओहोरदोहोर गराउन पाइने छ । अन्य खाद्यान्न तथा उपभोग्य वस्तुका पसलहरु बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment