क्यारेबियन टापुमा तैरिरहेको डुंगामा २० जना मृत भेटिए, मृतकहरुबारे केही थाहा छैन

डिसी नेपाल
१४ असार २०७८ १६:५५

काठमाडौं। क्यारेबियन टापु ग्रयाण्ड टर्कको किनारमा समुद्रमा तैरिरहेको एउटा डुंगामा २० जना मानिसहरु मृत अवस्थामा भेटिएका छन् । अधिकारीहरुका अनुसार अनुसन्धानकर्ताहरुले उनीहरुको हत्या भएको हुन सक्ने सम्भावनालाई खारेज गरेका छन् तर उनीहरुको मृत्यु कसरी भयो भन्ने अझैसम्म प्रस्ट हुन सकेको छैन । यी मानिसहरु को हुन् र कहाँबाट आए भन्ने पनि थाहा हुन सकेको छैन । मृतकहरुमा २ जना बालबालिका छन् ।

यो ग्रयाण्ड टर्क टापु टर्कस एण्ड काइकस टापु समूह अन्तर्गत पर्छ । यो टापु समूह बेलायतको अधिनमा छ । द सनका अनुसार बिहीबार बिहान माछा मार्नेहरुले यो डुंगा देखेपछि रोयल टर्कस एण्ड काइकोस पुलिसको मरिन शाखालाई यसबारे जानकारी दिएका थिए । पुलिसका सूचना अधिकारी ताकारा बाइनले आइतबार एक प्रेस वक्तव्यमा बताएअनुसार अझैसम्म यी मानिसहरुको मृत्यु कसरी भयो भन्ने खोजी भइरहेको छ ।

पुलिस कमिश्नर ट्रेभोर बोटिङका अनुसार यो डुंगा क्यारेबियनभन्दा बाहिरबाट आएको जस्तो देखिन्छ । र, अधिकारीहरुलाई यो डुंगाको गन्तव्य समेत टर्कस एण्ड काइकोस थियो जस्तो लागेको छैन । ‘अनुसन्धानकर्ताहरु उनीहरुको पहिचान स्थापित गराउने र उनीहरुको मृत्यु कसरी भयो भन्ने पत्ता लगाउने प्रयासमा छन्’ बोटिङले भने । टर्कस एण्ड काइकोसमा धेरैजसो हाइटीका नागरिकहरु भागेर आउँछन् । यसबाहेक यो टापु समूहलाई मानव तस्करीको लागि ट्रान्जिटको रुपमा पनि प्रयोग गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *