चाक्सीबारीमा निधि, सिंह र कोइरालाबीच लन्च मिटिङ

डिसी नेपाल
१५ असार २०७८ ११:५०

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच भेटघाटले तीव्रता पाएको छ। यसअघि दुई चरण छलफल गरिसकेका कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच सिंह निवास चाक्सीबारीमा छलफल भएको छ।

जारी छलफल आगामी महाधिवेशनका विषयमा केन्द्रित रहेको छ। ‘अहिले चाक्सीबारीमा तीन जना नेतहरुबीच छलफल भइरहेको छ,’ महामन्त्री कोइरालाको स्वकीय सचिव भरत तिवारीले डिसी नेपालसँग भने, ‘यो छलफल यसअघि नै तय भएको थियो।’

यसअघि यी तीन नेताबीच महामन्त्री कोइराला निवास महाराजगञ्जमा लन्च मिटिंग भएको थियो। सो बैठकपछि तीनै जना नेताले आफूहरुबीच एउटै टिम बनाएर जाने सहमति हुन सक्ने बताएका छन्। उनीहरुले आफूहरुबीच पदहरुमा सहमति हुने बताएका छन्।

सोही छलफलपछि चाक्सीबारीमा छलफल गर्ने तय भएको थियो। त्यसअघि निधि निवास बानेश्वरमा यी नेताहरुबीच पहिलो चरणको छलफल भएको थियो।

काँग्रेसका संस्थापक वीपी, गणेशमान र महेन्द्रनारायणका पुत्रत्रयको यो निरन्तरको लन्च मिटिंगले काँग्रेसमा तरंग उत्पन्न भएको छ। पुत्रत्रयले काँग्रेसको विरासत फर्काउने कोसिस गरेपछि देउवा र पौडेल दुबै खेमामा हलचल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *