सभामुख सापकोटाद्वारा सम्पादकहरूसँग छलफल

डिसी नेपाल
१५ असार २०७८ २१:०३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग समसामयिक विषयमा छलफल गरेका छन्।

नयाँबानेश्वरस्थित संसद भवनमा आज भएको छलफलको सुरुवातमा धारण राख्दै सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिनिधिसभाको अवमुल्यन किमार्थ स्वीकार्य नहुने बताए । राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको बताउँदै उनले राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको बताए ।

बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको तर प्रतिनिधिसभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्बोच्चता नमान्ने अवस्थाको सृजना हुनु दुःखद भएको बताए । हाल देशमा बहुआयामीक संकट आइपरेको बताउँदै सभामुख सापकोटाले यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनु पर्ने धारणा राखे। उनले संघीय संसदको नेतृत्वको हिसाबले संविधानको परिधिभित्र रहेर खेल्ने भूमिका के हुन सक्छ, भन्दै खुलेर सुझाव सल्लाह दिन सम्पादकहरुसँग आग्रह गरे । सभासामुख सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको बताए।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *