संवैधानिक इजलासमा आज सरकारका पक्षबाट ६ कानुन व्यवसायीले बहस गर्दै

डिसी नेपाल
१६ असार २०७८ १२:२६

काठमाडौं। प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज सबैभन्दा पहिले सरकार पक्षका कानुन व्यवसायीलाई बहस गर्न दिइनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको बहस सुरु गरेका थिए । आज सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल, लोकराज पराजुली, संजिवराज रेग्मी, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र उपन्यायधिवक्ता दशरथ पंगेनीले बहस गर्ने छन् ।

सरकारी पक्षको बहसपछि सभामुखका कानुन व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि एमिकस क्युरीको छलफल हुनेछ र एमिकस क्युरीले आफ्नो राय दिनेछ । यो रायका आधारमा संवैधानिक इजलासले फैसला सुनाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *