११ हजार ५६८ परीक्षण गर्दा २ हजार ८९२ जनामा कोरोना संक्रमण, थप ४१ जनाको मृत्यु

काठमाडौं। गत २४ घण्टामा नेपालमा ११ हजार ५६८ जनाको परीक्षण गर्दा २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ५९७ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १८७ पीसीआर परीक्षण गर्दा १ हजार ८८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३८१ परीक्षण गर्दा १ हजार ३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ४१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ । नेपालमा हाल ३३ हजार ५६१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment