माधव समूह एमालेको भोलिको बैठकमा नजाने

डिसी नेपाल
१७ असार २०७८ १८:४३

काठमाडौं। शुक्रबारका लागि बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ। पार्टी अध्यष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको पार्टीको महाधिवेशन अयोजक कमिटीको अन्तिम बैठकले केन्द्रीय कमिटीलाई सक्रिय बनाउने भन्दै शुक्रबारका लागि बैठक बोलाएको थियो।

सो बैठकमा माधव नेपाल समूह पनि सहभागी हुन सक्ने संस्थापन पक्षको अनुमान थियो। त्यसपछि विहीबार बसेको माधव समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रबारको बैठकमा सहभागी नहुने निर्णय गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘हिजो बैठक नै अवैधानिक हो। त्यसैले भोलिको बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय भएको छ।’ उनका अनुसार पार्टीको ९ औं महाधिवेशनको निर्देशन र विधानको व्यवस्था अनुसार सहमतिका आधारमा बैठक बोलाइएमात्र आफूहरु बैठकमा सहभागी हुने निष्कर्ष निकालिएको छ।
माधव समूहको यो निर्णयसँगै एमालेको विवाद समाधान नहुने प्रष्ट भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *