सौराहाका होटलहरूमा बाढी पस्याे, जताततै जलमग्न (फोटो फिचर)
सौराहा। निरन्तरको वर्षापछि नदी तथा खोलामा आएको बाढीका कारण चितवनको सौराहाका होटलहरु डुबानमा परेका छन्। राप्ती नदीमा आएको बाढीका कारण राप्ती किनारमा रहेका पब र रेस्टुरेन्टहरू जलमग्न भएका छन्। रेष्टुरेन्टका सामानहरु अन्यत्र सारिएको छ।
त्यसैगरी, बुढी राप्तीमा आएको बाढी सिसुवार, मालपुर र मैनाहा लगायतका वस्तीमा पसेको छ। उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र हात्तीहरु परिचालन गरिएको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल पनि भत्काएको छ। लगातारको वर्षाले खोलामा बाढी आएपछि पुल भत्किएको हो।
त्यस्तै बाढीका कारण खैरहनी नगरपालिकाको नयाँ पर्सा र पुरानो पर्साका दर्जनौँ घर तथा पसल डुबानमा परेका छन्। लदरी खोलामा आएको बाढीले चितवनका विभिन्न स्थानमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहान करिब १० बजेतिर आएको बाढीले राप्ती ९ का ४८ वर्षीय भरतकुमार क्षेत्रीको ४ कोठाको एकतले घरमध्ये टिनले छाएको २ वटा कोठा बगाएको छ।
Facebook Comment