थप २ हजार २९९ जनामा कोरोना संक्रमण, ३ हजार ४५१ जना निको

डिसी नेपाल
१८ असार २०७८ १६:४९

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६६ पीसीआर परीक्षण गर्दा १ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३० परीक्षण गर्दा ९०८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको ४.५६ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *