नेपालमा ५ सय बढी संक्रमित भएका जिल्लाहरुको संख्या १४ मात्र, कुन प्रदेशमा कति
काठमाडौं । पछिल्ला केहिदिन यता नेपालमा कोरोना संक्रमण घट्दो क्रममा छ। ७७ वटै जिल्लामा ५ सय बढी सक्रिय संक्रमितको संख्या रहेको नेपालमा आज १४ जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ५ सय बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, झापा र सुनसरी, वाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, मकवानपुर र चितवन, गण्डकी प्रदेशका कास्की र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशको रुपन्देही, र कर्णाली प्रदेशको सुर्खेत रहेका छन्।
सुदूरपश्चिम प्रदेश र प्रदेश नं. २ कोरोनाका ५ सय बढी सक्रिय संक्रमित नभएका प्रदेशहरुमा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दोश्रो लहरको सुरुवातिमा इपी सेन्टर बनेको बाँके जिल्लामा अहिले २ सय ८७ सक्रिय संक्रमित रहेका छन्।
प्रदेश १ का तीन वटै जिल्लामा १ हजार १ सय बढी सक्रिय संक्रमित रहेका छन् भने कर्णालीको सुर्खेतमा ५ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै लुम्बिनीको रुपन्देहीमा ८ सय २ सक्रिय संक्रमित, गण्डकीको कास्कीमा १ हजार १ सय ४३ र नवलपरासी पूर्वमा५ सय ७९ सक्रिय संक्रमित रहेका छन्।
वाग्मति प्रदेशको चितवनमा ८ सय ४२, मकवानपुरमा ५ सय १२, नुवाकोटमा ५ सय ३०, काभ्रेमा ५ सय २६, भक्तपुरमा १ हजार २ सय ८३, ललितपुरमा १ हजार ८ सय २५ र काठमाडौंमा ५ हजार ४० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म २६ हजार ३ सय ३६ जना होम आइसोलेसनमा रहेका छन्। २ हजार ९ सय ३८ जना संस्थागत आइसोलेसनमा छन् भने ६ सय ३२ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन्। वाग्मति प्रदेशमा सबै भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार होमआइसोलेसन, संस्थागत आइसोलेसन, आइसीयु र भेन्टिलेटर पनि अन्य प्रदेशको भन्दा वाग्मति प्रदेशको बढी रहेका छन्।
वाग्मति प्रदेशमा होम आइसोलेसनमा ११ हजार १ सय १८, संस्थागतमा १ हजार २६, आइसीयूमा ३ सय ५६ र भेन्टिलेटरमा ३ सय १४ जना रहेका छन्। यस्तै प्रदेश १ मा क्रमशः ४ हजार ७ सय १५, ८ सय ७०, १ सय ३८ र ३९ जना, प्रदेश २ मा १ हजार ६ सय ७२, संस्थागतमा ५२ जना, र आइसीयूमा ७ जना रहेका छन्।
गण्डकी प्रदेशमा होम आइसोलेसनमा ३ हजार ३ सय ३९, संस्थागतमा २ सय ५७, आइसीयूमा ६४ र भेन्टिलेटरमा ५४ जना रहेका छन्। यस्तै, लुम्बिनीमा होम आइसोलेसनमा तीनहजार १६, संस्थागत आइसाेलेसनमा ४ सय २०, आइसियूमा ५० र भेन्टिलेटरमा ९ जना, कर्णालीमा होम आइसोलेसनमा १ हजार १ सय ५७, संस्थागत आइसाेलेसनमा २ सय २२, आइसियूमा १० र भेन्टिलेटरमा १ जना, सुदूरपश्चिममा होम आइसोलेसनमा १ हजार ३ सय १९, संस्थागत आइसाेलेसनमा ९१, आइसियूमा ७ र भेन्टिलेटरमा ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comment