थप २ हजार ३२८ जनामा कोरोना संक्रमण, ३ हजार ६६ जना निको

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसीआर परीक्षण गर्दा १ हजार ५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको ४.३१ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment