ओली सरकारविरुद्ध संयुक्त विद्यार्थी गठबन्धनको राँकेजुलुस प्रदर्शन

डिसी नेपाल
१९ असार २०७८ २०:१६

काठमाडौं। संयुक्त विद्यार्थी गठबन्धनको नेतृत्वमा शनिबार पनि राँकेजुलुस प्रदर्शन भएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले राँकेजुलुस प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत दोस्रो पटक प्रतिनिधिसभा विघटन विघटन गरेको भन्दै विपक्षी गठबन्धन सम्द्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै आएका छन्।

असार १६ गतेबाट देशभरका जिल्लाहरुमा संयुक्त विद्यार्थी आन्दोलन गर्ने निर्णय भएसँगै विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन्। आन्दोलनको कोणसभालाई सम्बोधन गर्दै आर.आर क्याम्पस नेविसंघका अध्यक्ष संजिव ढकालले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर बर्षौको संघर्षपछि आएको व्यवस्था मास्न खोजेको आरोप लगाए।

‘खोक्रो राष्ट्रबाट उदाएका ओली अहिले भारतीय गुलाम बनेर देश र संविधानको धज्जी उडाएका छन्’उनले भने। प्रधानमन्त्री ओलीले गरेका पछिल्लो कदमहरु अदालतबाट असंवैधानिक ठहर गर्दा पनि आफ्नो कमजोरी नदेख्ने तर अदातललाई धम्काउने प्रवृत्ति प्रधानमन्त्री भएको ढकालको आरोप छ।

त्यस्तै अनेरास्ववियु क्रान्तिकारी आर.आरका अध्यक्ष देवेन्द्र शर्माले पनि प्रधानमन्त्री ओलीको स्वेच्छाकारी कदमकारण संविधान संकटमा परेको र नागरिकहरु खोप लगाउन नपाएर अकालमा मृत्युवरण गरेका हुनाले राज्य हत्यारा जस्तो भएको आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *