प्रतिनिधि सभा विघटनः संवैधानिक इजलासमा सभामुखको पक्षबाट बहस सुरु

डिसी नेपाल
२० असार २०७८ १२:३५

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नीप्रसाद सापकोटाको पक्षबाट आइतबार बहस सुरु भएको छ । रिट निवेदक पक्ष, विपक्षी प्रधानमन्त्रीको पक्षबाट बहस सकिएपछि अब सभामुखको पक्षबाट बहस सुरु भएको हो ।

अहिले अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन् । अधिवक्ता पोखरेलले १ घन्टा बहस गर्ने छन् । सभामुखको पक्षबाट बहस गर्न २ घन्टा समय तय गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश दीपकुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य छन् ।

आज संवैधानिक इजलासमा सभामुखको पक्षबाट वरिष्ठ अधिवक्ताहरु श्रीकृष्ण सुवेदी, केशरी न्यौपाने, लवकुमार मैनाली र श्याम खरेलले बहस गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *