देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नमानेपछि माधव नेपालसँगको छलफल निष्कर्षविहीन

डिसी नेपाल
२० असार २०७८ १२:४२

काठमाडौं। पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउने दोसो तहका नेताहरुको प्रयास सफल हुने सकेन। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी विवाद समाधान गर्न गरिएको प्रयास सफल हुन नसकेको हो।

नेता नेपाललाई मनाउन आइतबार विहान दुवै समूहका नेता नेपाल निवास कोटेश्वर पुगेका थिए। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकार पोखरेल र नेपाल समूहका नेता घनश्याम भुसाल कोटेश्वर पुगेका थिए।

उनीहरुले विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेता नेपाललाई आग्रह गरेका थिए। सो अवसरमा आफूहरूले राखेको प्रस्तावमा नेता नेपालले आफूपक्षका नेताहरुसँग छलफल गर्ने प्रतिक्रिया दिएको भेटमा सहभागी एक नेताले बताए।

‘हामीले हस्ताक्षर फिर्ता लिए पार्टी एकताको वातावरण बन्छ भनेका थियौं, तर उहाँले साथीहरुसँग छलफल गरेर खबर गर्छु भनु भयो,’ छलफलमा सहभागी एक नेताले भने।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन्।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षधरलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन्। शनिबार अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद पनि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *