चितवनकी सुजिता भण्डारीको मृत्युबारे गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय मृत्युबारे गहिरो अनुसन्धान गरी दोषीलाई कानूनी कठघरामा उभ्याउन नेपाली कांग्रेसले माग गरेको छ।
९ दिनदेखि हराइरहेकी चितवन राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया ण्डारीको शव आइतबार जंगलमा फेला परेको थियो।
‘पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ। ९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।
घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्यको गम्भीर तदारुकता चाहिने कांग्रेसको भनाइ छ।
भण्डारीको शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको थियो। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ। भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
Facebook Comment