भेराेसेलकाे ८ लाख डाेज खाेप नेपाल पुग्याे

डिसी नेपाल
२५ असार २०७८ ९:५४

काठमाडौं । चीनसँग जीटूजी प्रकृयाबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को ८ लाख डोज काठमाडौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट ८ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो।

तीन चरणमा कोरोना विरुद्धको खोप ल्याउने कार्यतालिका बनाएको वाइडबडीले पहिलो चरणमा ८ ंलाख डोज खोप ल्याएको हो।

चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खरीद गरिएको खोपको पहिलो चरणमा निगमको जहाजले ८ लाख डोज खोप ल्याएको हो।

आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *