किन तर्सियो महानगर ?
विगत केही दिनदेखि काठमाडौंमा एउटा भित्ते चित्र मेटिएको कुरा निकै चर्चामा छ। सामाजिक सञ्जालहरुमा सो चित्र मेट्ने काठमाडौं महानगरपालिका र त्यसका मेयर विद्यासुन्दर शाक्यको व्यापक विरोध हुंदै आएको छ।
असन्तुष्टी ज्यादै बढेपछि शाक्यले भित्ते चित्र मेट्दैमा माहानगरपालिका फ्रन्टलाइनरहरु पनि अपमान गरेको नठहरिने वयान सार्वजानिक गरेका छन्। उनको वयानले कोभिडको विश्वमाहामारीमा नेपालको राजधानी शहरको नेतृत्वको मनोदशा प्रष्ट्याएको त छ नै त्यो भन्दा पनि बढी उसको नेतृत्व क्षमतामाथि गभ्मीर प्रश्न उठाएको छ।
नेपालको वडा र नगरपालिका प्रशासनको दादागिरी, तर्कहीन कार्यलाई नजिकबाट नियालेका ती चित्रकलाका कलाकारहरुले सो नगरपालिका प्रशासनको मनोमानी नहोस भनेर सो चित्रकला बनाउनुपूर्व नै लिखित अनुमति लिएका रहेछन्।
का.म.न.पा वडा नं २८ को पुरानो बसपार्कको कार्यालयबाट सो चित्रकला भित्तामा बनाउनका लागि सो वडाको वडा अध्यक्षको हस्ताक्षरसहितको अनुमतिपत्रसमेत प्रप्त गरेका रहेछन् र, सोही अनुमति पत्रको नियमभित्रै बसेर एक हप्ताको निरन्तर मेहनतपछि फ्रन्टलाइनरहरुमा समर्पित त्यो उत्प्रेरक चित्र बनेको रहेछ।
दुई छेउमा रातो चन्द्र र सूर्य थिए भने बीचमा फ्रन्टलाइनरहरुको आफ्नो पेशागत पोशाकमा कोरिएको चित्रकला थियो। चित्रले कोभिडको समयमा एक भै कोभिडको डटेर सामना गरे हामीले एकीकृतरुपमा कोभिडलाई अवश्य पनि जित्छौँ भनेर हौसलापुर्ण सन्देश प्रवाह गरेको थियो। त्यो चित्र वास्तवमा छोटो समयमै हौशलाको प्रतीकमात्र होइन एकताको सन्देशवाहक पनि बनेको थियो।
त्यही महानगर प्रशासनको मनोमानीतन्त्रले त्यो चित्रकलालाई टिक्न दिएन। महानगर प्रशासनले चित्रकला भएको भित्तामा सेतो पोतेर त्यो चित्रको मात्र निसानी मिटेन, एकताको, प्रेमको र हौसलाको प्रतीकलाई नै मेटिदियो।
त्यही महानगर प्रशासनको मनोमानीतन्त्रले त्यो चित्रकलालाई टिक्न दिएन। महानगर प्रशासनले चित्रकला भएको भित्तामा सेतो पोतेर त्यो चित्रको मात्र निसानी मिटेन, एकताको, प्रेमको र हौसलाको प्रतीकलाई नै मेटिदियो।
एकताको बलमा उभिएको हाम्रो नेपाल अधिराज्य, जसको विश्वसामु पहिचान नै संस्कृति, चित्रकला र विविधतामा एकताको छ, त्यस्तो देशको राजधानी शहर प्रशासनले उल्टै अरुले सो एकताको सन्देशमा आँच पुर्याए कार्वाहीमा उत्रिनु पर्दथ्यो, स्वयम नै एकताको र हौसलाको प्रतीकको छाती फुलाएर नामोनिशान मेटिदियो। यो कस्नो विडम्बना? कस्तो बिनाशकारी प्रवृत्ति?
महामारीको समयमा त्यस चित्रले दुख र त्रासले भरिएको हरेक का.म.न.पा बासीको मनमा हौसलाले भरिएको शितलता प्रदान गर्न ठूलो मद्दत गरेको थियो। तर, हाम्रो हालको महानगर प्रशासनले कलाको महत्व त बुझेन नै कलाकारको सुन्दर सिर्जनालाई जस दिने, हौसला दिने र धन्यवाद चढाउने संस्कारलाई पनि तिलाञ्जलि दिएको यो घटनाले प्रष्ट पारेको छ।
जनताका भावनाहरु चुनावी मैदानमै छाडेर विजयपछि आफ्नो स्वार्थलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने ध्याउन्नमा मात्र लाग्ने गरेको चर्को आलोचना खेपिरहेको अवस्थामा जनताको भावना चोट पुग्ने यो हर्कतले महानगरको नेतृत्व जनविरोधी पनि भएको प्रमाण दिएको छ।
यसोभन्दा हामिले रानीपोखरी बनायौं, दरबार स्कूल बनायौं, धरहरा ठड्यायौं भनेर महानहर प्रशासनले भन्ला। हो, यी सकारात्मक काम हुन् र यी काम गर्नेहरु धन्यवादका पात्र छन् किनकि हामी महानगरवासीहरुमा राम्रो कामको प्रशंशा गर्ने संस्कार अझै कायम छ।
महाभूकम्पले ढलेका सम्पदाहरु पुनर्निर्माण हुँदा जसरी नेपालीले फेरि बाँच्ने र बनाउने हौसला पाएका थिए त्यसरी नै सो चित्रकलाले कोभिडको महामारीमा खटिएकाहरुको हौसला बढाउने प्रयत्न गरेको थियो।
महानगर प्रशासनले आफैले त्यस्तो कार्य गर्न पहल गर्नु पर्ने ठाउँमा उल्टै त्यस्तो गरिएका कार्यको समेत नामोनिशाना मेट्ने तुच्छ भएको छ। र, यो कामको कुनै भरपर्दो उत्तर पनि दिइएको छैन। मेयर शाक्यले अदालतको फैशला हेर्न भनेका छन् तर त्यो फैशला के थियो? के अदालतले जनतालाई हौशला दिने चित्र तत्काल मेटेर सेतो रंग पोत्नु भनेको थियो? त्यसको जवाफ दिएका छैनन्।
अदालतले महानगरलाई कुरुप बनाउने गरी गरिएका राजनीतिक भित्ते लेखन र जथाभावी होर्डिंग बोर्ड हटाउन भनेको हुनसक्छ । राजधानीलाई सफा बनाऊ, सफा राख भनेको हुनसक्छ। यसो भन्नु जनताको मनलाई हौशला दिने चित्रलाई मेटाइदिनु हो र?
काठमाडौँ शहर विश्वकै सबै भन्दा प्रदुषित शहरमा गनिन्छ। न त बनेको बाटो छ, न त ढलको उचित निकास छ, न त उचित पुर्वाधारनै छ। खाली कर असुलेर र महानगर लेखेर मात्र महानगर भइँदैन।
अनुमति लिएर बनाएको चित्रलाई सेतो पोतेपछि अर्को वितण्डा पो त्यो भित्तामा देखियो जसलाई महानगरले टुलुटुलु हेरेर बसेको छ। किनकि यसरी भित्तो पोत्ने कलाकार थिएनन्, जनसेवा गर्ने फ्रन्टलाइनरहरुप्रतिको सम्मान सो लेखनमा थिएन। बरु भित्तामा लेखिएको थियो, ‘महानगर मुर्दावाद, विध्यासुन्दर शाक्य मुर्दावाद– नेविसंघ।’
चित्र मेटाएका बेला चुप लाग्ने, मेटेपछि पनि कहिँकतै नबोल्ने तर राजनैतिक स्वर्थपूर्तिको लागि अर्थहीन बिरोध जनाउन पछि नहट्ने नेपालको ठुलो दलको भातृ संगठन नेविसंघले बोकेको संस्कार अहिले सो भित्तोले झल्काइरहेको छ। हाम्रो गौरवमय युवा संगठन, कठै बरा!!
हाम्रो नेपालको राजनैतिक युवा संगठन, जसले नेपाली युवाको हित भलो र उन्नतिको निमित्त काम गर्ने प्रयत्न गर्छु भनेर कसम खाएको छ, सो संस्थाले चित्रकला मिटाउनेलाई एकताको पाठ सिकाउनुको सट्टा आफ्नो राजनैतिक स्वार्थको निमित्त बदला मात्र लिन खोज्यो यस्तो सन्देश सो भित्तामा लेखेर।
चित्र मेटाएका बेला चुप लाग्ने, मेटेपछि पनि कहिँकतै नबोल्ने तर राजनैतिक स्वर्थपूर्तिको लागि अर्थहीन बिरोध जनाउन पछि नहट्ने नेपालको ठुलो दलको भातृ संगठन नेविसंघले बोकेको संस्कार अहिले सो भित्तोले झल्काइरहेको छ। हाम्रो गौरवमय युवा संगठन, कठै बरा!!
कलाको प्रसंसा गर्ने, कलालाई कदर गर्नु पर्छ भनेर हाम्रो देशको इतिहासले र मानव सभ्यताले सिकाएको छ। त्यसमाथि पनि का.म.न.पा त कलाको केन्द्रबिन्दु नै हो इतिहासदेखि नै।
यस्तो कलाको चोखो मायाको इतिहास बोकेको का.म.न.पा प्रशासनले जनताको मनमा बसेको सो भित्ते चित्र किन मेटायो होला? चित्रसँग महानगर किन डरायो, आत्तियो होला?
दिन, रात, घाम, पानी केही नभनीकन कोभिडबिरुद्ध खटिएका फ्रन्टलाइनरहरु डाक्टर, नर्स, पुलिस, अस्पतालका कर्मचारी, सञ्चारकर्मी, अन्यले पुर्याएको योगदान महानगर नेतृत्वलाई पचेको छैन? के उनीहरुको योगदानले महामारीमा जीवनदान पाएका असंख्य महानगरवासीबारे महानगर नेतृत्व बेखवर छ ? यसको चित्तबुझ्दो जवाफ दिन ढिला भए नेतृत्वकर्ताहरु महानगरवासीको नजरमा अपराधी ठहर्नेछन्।
गल्ती भएको छ त्यसैले महानगरवासीसंग माफी माग्नुहोस् र ती कलाकारहरुलाई फेरि बोलाई शान्तिवाटिका सामुन्नेको सोही अकाशेपुलको भित्तामा सोही चित्र बनाउन लगाउनुहोस्। गल्ती सच्याएर सानो भइन्न मेयार साब।
Facebook Comment