अज्ञात रोगका कारण एक महिलाको मृत्युु , ६ जना गम्भीर
सप्तरी। सप्तरीको महादेवा गाउँपालिकाको एक महिलाको अज्ञात रोगका कारण गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको विहीबार मृत्यु भएको हो। उनलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने लक्षण देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका निमित्त प्रमुख डा रणजीत कुमार झाले जानकारी दिए।
सोही लक्षण देखिएर अस्पताल भर्ना गरिएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। मृत्यु भएकी महिलाकै परिवारका तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरान रिफर गरेको अस्पतालका निमित्त मेसु झाले बताएका छन्।
वाकवाकी लाग्ने, पखालाल लाग्ने, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता लक्षण देखिएर २२ वर्षीय संदिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक विरामी भएका छन्।
त्यसैगरी ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा समेत बिरामी रहेका छन्। लक्षण देखा पेरेको क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पठाइसकेको अस्पतालका निमित्त प्रमुख झाले जानकारी दिएका छन्। साधारण समस्या देखिएकाहरूको स्थानीय मेडिकल हल तथा घरमै उपचार भइरहेको छ।
Facebook Comment