काठमाडौंमा मुख्यमन्त्री राईको सम्पर्क कार्यालय स्थापना

डिसी नेपाल
२५ असार २०७८ २३:०५

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र र वैदेशिक लगानीका व्यक्तिसँग भेटघाटका लागि रहेको बताएका छन् ।

प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको २१औँ बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बोजिम आव २०७८\७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट कार्यक्रममा उनले सङ्घीय सरकारले काठमाडौंमा मुख्यमन्त्रीको लागि निवासको व्यवस्था गरेको गरेकाले सम्पर्क कार्यालय निवास नभएको प्रष्ट पारे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना महामारीको दुवै लहरमा नागरिकको स्वास्थ्य उपचारमा सचेत रहँदै निःशुल्क सेवा उपलब्ध गराएको बताए। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रोजगारी र आर्थिक उत्पादकत्व वृद्धि गर्न सुरक्षाका लागि प्रहरीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै जनताले शान्ति सुरक्षाको अनुभूति नगरेसम्म विकासले फड्को नमार्ने जानकारी दिए । उनले एकद्वार प्रणालीअनुसार कानून एवं कार्यविधिको मापदण्डअनुसार विपद् राहत, पुनः स्थापना कार्य भैरहेको बताउँदै कहीकेही कमजोरी भए पनि पक्षपातपूर्ण व्यवहार नभएको उनले बताए ।

विनियोजन विधेयक छलफलमा जयराम यादव, धीरेन्द्र शर्मा, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई र लिला सुब्बाले मुख्यमन्त्री कार्यालय, आन्तरिक मन्त्रालय र आर्थिक मन्त्रालयका काम कारवाही, बजेट आदि विषयमा बोलेका थिए । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सभामुख भण्डारीले बताए।

कोभिड अस्पतालले जनताको मन जितेको छ

प्रदेश–१ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले निःशुल्क र विश्वासिलो सेवाको कारण जनताको मन जित्न सफल भएको बताएकी छन्। उनले कोभिड अस्पतालको आज अनुगमन गर्दै निजी अस्पतालभन्दा उच्चस्तरको सेवा सुविधा सेवा दिइरहेकाले जनतामा अस्पतालप्रति उच्च विश्वास रहेको बताए ।

अस्पतालमा ९६ वटा वेड रहेकामा आज ४१ उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल बेडमा आठ, एचडियुमा १५ र आइसीयुमा १८ जना उपचाररत छन् । उनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *