नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने

डिसी नेपाल
२६ असार २०७८ २३:२०

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –१ नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने भएको छ । स्थानीय सूर्योदय कृषि तथा पशु बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त लगानीमा उक्त बिरुवा लगाउन थालिएको हो ।

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले शुक्रबार सुन्तलाको बिरुवा लगाउँदै उक्त कार्यको शुरुआत गरे । त्यसपछि शुक्रबार नै सात सय सुन्तलाका बिरुवा लगाइएको सहकारीका अध्यक्ष चेतमान कुँवरले जानकारी दिए । बाँकी चार हजार तीन सय बिरुवा एक हप्ताभित्र लगाइने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *