विश्वभर कोरोना : २४ घण्टामा ४ लाख थपिए ३ लाख निको भए

डिसी नेपाल
२७ असार २०७८ ७:०५

काठमाडौं । गत २४ घण्टामा विश्वभरमा ४ लाख बढी कोरोनाका संक्रमित थपिएका छन् भने ३ लाख बढी निको भएका छन्। वल्र्डोमिटरका अनुसार सबै भन्दा बढी ब्राजिलमा ४८ हजार संक्रमित थपिए भने ५१ हजार निको भए।

तथ्याङ्कका अनुसार थपिएका ४ लाख २० हजार ८ सय ४९ जनामध्ये १० देशमा १० हजारदेखि ५० हजारसम्म संक्रमित थपिएका छन्। जस अनुसार ब्राजिलमा ४८ हजार ५ सय ४, भारतमा ४१ हजार ४ सय ४७, इण्डोनेसीयामा ३५ हजार ९४, यूकेमा ३२ हजार ३ सय, रसियामा २५ हजार ८२, दक्षिण अफ्रिकामा २१ हजार ६ सय १० जना संक्रमित रहेका छन्।

यस्तै, कोलोम्बियामा २० हजार, अमेरिकामा १४ हजार, इरानमा ११ हजार, अर्जेन्टिनामा ११ हजार र नेदरल्याण्डमा १० २ सय ८३ संक्रमित थपिएका छन्।

निको भएका ३ लाख ४५ हजार ९ सय ६५ मध्ये पनि १० देशमा ११ हजारदेखि ५१ हजारसम्म रहेका छन्।

ब्राजिलमा ५१ हजार ९२, भारतमा ४१ हजार, कोलोम्बिया र इन्डोनेसीयामा २८ हजार, दक्षिण अफ्रिकामा १९ हजार, अर्जेन्टिनामा १८ हजार, रसियामा १७ हजार, इरानमा १४ हजार र अमेरिकामा ११ हजार बढी संक्रमितहरु गत २४ घण्टामा निको भएका हुन्।

विश्वभर गत २४ घण्टामा ७ हजार २ सय ५३ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा पनि सबैभन्दा बढी ब्राजिलमा रहेका छन्। तथ्याङ्क अनुसार ब्राजिलमा गएको २४ घण्टामा १ हजार १ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन्।

विश्वभर हालसम्म १८ करोड ७२ लाख ४० हजार ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १७ करोड १२ लाख २३ हजार ४ सय ४० जना निको भएका छन् भने ४० लाख ४२ हजार २ सय ६७ जनाको ज्यान गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *